दफा ४६
सशस्त्र वन रक्षक सेवाको गठन
(१) राष्ट्रिय वन तथा जैविक विविधताको संरक्षण र संवर्द्धन गर्न वन्यजन्तुको अवैध शिकार एवं वन पैदावारहरुको चोरी निकासी रोक्न तथा वन सम्पदाको सुरक्षा गर्न एक सशस्त्र वन रक्षक सेवा रहनेछ।

(२) उपदफा (१) बमोजिम गठित सेवामा तोकिए बमोजिमका पदहरु रहनेछन्‌।

(३) सशस्त्र वन रक्षक सेवाको सङ्गठन संरचना र दरबन्दी नेपाल सरकारले

तोकिदिए बमोजिम हुनेछ।

(४) सशस्त्र वन रक्षकको नियुक्ति तथा सेवा शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए

बमोजिम हुनेछ।